देशभर थप ७ जनामा कोरोना संक्रमण पुष्टि,२५ जना संक्रमणमुक्त

काठमाडौं। देशभर थप ७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ४ हजार ६ सय ६८ जनाको परीक्षण गर्दा ७ जनामा संक्रमण पुष्टि भएको हो ।

 

 

सोही अवधिमा कोरोनाबाट २५ जना निको भएका छन । हाल देशभर ७ सय ४७ जना सक्रिय संक्रमित रहेका छन् ।

 

 

 

कोरोनाको कारण पछिल्लो २४ घण्टामा कसैको पनि मृत्यु नभएको मन्त्रालले जनाएको छ ।