क्रान्तिकारी माओवादी टोखा,तार्केश्वर र बुढानिलकण्ठ नगरपालिका क्षेत्रमा स्थानीय निर्वाचनको संयुक्त बहिष्कार अभियान सुरू

काठमाडौं ।नेपाल कम्युनिस्ट पार्टी ( क्रान्तिकारी माओवादी )टोखा , तार्केश्वर र बुढानिलकण्ठ नगर पालिकाको प्रतिक्रियावादी स्थानीय निर्वाचनको संयुक्त बहिष्कार अभियानको आज तीनवटै नगर पालिकाको संयुक्त अभियानका संयोजक कमरेड प्रवीणले बसुन्धारामा उद्घाटन गरेर शुभारम्भ गर्नु भयो ।

 

 

उक्त संयुक्त बहिष्कार अभियाका कमाण्डर कमरेड रीणाको विशेष उपस्थितिमा सम्पन्न उद्घाटन गर्दै प्रवीणले भन्नू भयो , “ हाम्रो गौरवशाली पार्टी नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी )को गत फागुन २५ देखि २९ सम्म बसेको केन्द्रीय समितिको बैठकले प्रतिक्रियावादी स्थानीय निर्वाचनको शसक्त रुपमा बहिष्कार गर्ने निर्णय बमोजिम पार्टीले यस कथित स्थानीय निर्वाचन बहिष्कार अभियानलाई आजैदेखि यी तीनवटै नगर पार्टीकाहरुका प्रत्येक वडाहरुमा , टोल टोल र गल्ती गल्लीहरुमा व्यापक रुपमा अभियान चलाउने , नगरहरुका आम मतदाताहरुमा पार्टी केन्द्रका पर्चाहरु बितरण गर्ने , व्यापक रुपमा पोष्टरहरु टाँस्ने , वालपेन्टिङ्ग गर्ने , सबै नगर पालिकाहरुका महत्वपूर्ण स्थानहरुमा कोण सभा , विरोध सभाहरु गर्ने , विशेष गरी संसदीय व्यवस्थाको व्यापक रुपमा भण्डाफोर गर्ने र महान् नयाँ नेपाली जनवादी क्रान्तिको तयारी गर्ने हाम्रो पार्टीको कार्यनीतिक तथा सामरिक कार्यदिशालाई सशक्त रुपमा अगाडि बढाउने गरि प्रतिक्रियावादी स्थानीय निर्वाचन बहिष्कार अभियानलाई उपयोग गर्ने गरी यस अभियानलाई सशक्त ढंगले अगाडि बढाइनेछ “ भन्नुभएको थियो ।

 

 

उक्त बहिष्कार अभियान उद्घाटन कार्यक्रममा तीनवटै नगर पालिकाका अगुवा कमरेड र ठूलो संख्यामा जनताको उपस्थिति रहेको टोखा सम्वाददाताले जानकारी गराउनु भएको छ ।