माधव नेपालको पार्टी खरानीको डल्लो हो, निर्वाचनपछि समाप्त हुन्छ: अध्यक्ष ओली

फाइल तस्वीर

काठमाडौं ।  नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले माधव नेपालको पार्टी खरानीको डल्लो भएकोले सुकेपछि फुट्ने टिप्पणी गरेका छन् ।

आज कैलाली अत्तरियामा आयोजित चुनावीसभालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले माधव नेपालको पार्टी खरानीको डल्लो भएकोले त्यसलाई पानीमा भिजाएर सुकाएपछि फ्याँसफुस हुने टिप्पणी गरेका हुन्।

उनले आगामी निर्वाचनपछि माधव नेपालको पार्टी समाप्त हुने ठोकुवा गरेका हुन् । पार्टी र देशका विरुद्ध अपराध गरेको भन्दै नेपालको पार्टी आगामी निर्वाचनपछि सकिने दावी गरेका हुन् ।

उनले नेपालले कम्युनिस्ट पार्टी एकता, ‘सुखी नेपाली, समृद्ध नेपाल’ लगायतका विषयमा गरेको अपराधको सजाय यहि निर्वाचनबाट पाउने बताए । ओलीले एमाले सिद्धाउँछु भन्नेहरु आफै सिद्धिँदै गएको कटाक्ष गरे ।

उनले माधव नेपाल, प्रचण्ड लगायतका मान्छेहरु क्रमश सिद्धिँदै गएको बताए । उनले मंसिर ४ गतेको निर्वाचनपछि एमालेको सरकार बन्ने दाबी समेत गरे ।