ललितपुरबाट एमालेले खोल्यो खाता

काठमाडौं। ललितपुर प्रतिनिधि सभा क्षेत्र नम्बर २ मा नेकपा एमालेका प्रेम महर्जनले जितेका छन्।

मत गणनाको अन्तिम परिणामअनुसार उनी निर्वाचित भएका हुन्। उनले १५०२५ मत पाएर जितेका हुन्।

उनका प्रतिस्पर्धी हाम्रो नेपाली पार्टीका उम्मेदवार सुदिन शाक्यले ८८८६ मत पाएका छन्।

राष्ट्रिय स्वतन्त्र पार्टीका बुद्धरत्न महर्जनले ८६६६ मत पाएका छन् भने एकीकृत समाजवादीका कृष्णलाल महर्जन ८२६४ मत पाएका छन्।

यहाँ ५१ हजार ३५५ मत सदर भएको थियो।