विना मगरलाई हराउँदै एमालेका तामाङ विजयी

काठमाडौं। माओवादी नेतृ एवं पूर्वमन्त्री विना मगरलाई हराउँदै एमाले नेता तारा लामा तामाङ प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी कञ्चनपुर १ बाट विजयी भएका हुन्। लामाले २४ हजार ८९२ मत ल्याए भने मगरले १९ हजार ३४६ मत ल्याएकी छन्।

लामा सुदूरपश्चिम प्रदेशसभाका पूर्वसदस्य पनि हुन्।