राजस्व चुहावटको आरोपमा ५ लाख विगो मागसहित मुद्दा दायर

काठमाडौं । राजस्व अनुसन्धान विभागले राजस्व चुहावटको आरोपमा एक जना विरुद्ध मुद्दा दायर गरेको छ। विभागले बाराको करैयामाई गाउँपालिका वडा नम्बर ८, बेलाहीका सरोज मिया मंसुर विरुद्ध राजस्व चुहावटको आरोपमा मुद्दा दायर गरेकोे हो।

आयोगका अनुसार महानगरपालिकाको ईलाका प्रहरी कार्यालय हंशपुरको टोलीले मंसुरको साथबाट बिल बिजक तथा भन्सार प्रज्ञापनपत्र लगायतका कागजात नभएको अवस्थामा ४१३ तोला ५२ लाल चाँदीका विभिन्न किसिमका गहना र नगद नेपाली रूपैयाँ ५७ हजार रुपैयाँ बरामद गरी थप अनुसन्धानका लागि विभागमा पेश गरेको थियो।

सो बारे अनुसन्धान गर्दा मंसुरले राजस्व चुहावट गरेको पुष्टि भएको आयोगले जनाएको छ। उनी विरुद्ध ५ लाख २४ हजार ८७५ रुपैयाँ बिगो र सजायको मागदावी सहित आयोगले शुक्रबार उच्च अदालत पाटनमा मुद्दा दायर गरेको हो।