बाजुरामा २३ हजार ७ सय मतगणना हुँदा काँग्रेसका बद्री पाण्डेको अग्रता कायमै

काठमाडौं। बाजुरा प्रतिनिधि सभामा काँग्रेसका उम्मेदवारको बद्री पाण्डेको अग्रता कायमै रहेको छ।  अहिलेसम्म २३हजार ७ सय ९८ मतगणना हुँदा नेपाली काँग्रेसका बद्री प्रसाद पाण्डेले आफ्नो अग्रता कायमै राखेका छन् ।

जसमा काग्रेसका उम्मेदवार बद्रिप्रसाद पाण्डेको १३ हजार ३ सय ६१ मतले अगाडि रहेका छन् भने नेकपा एमालेका उम्मेदवार कर्ण बहादुर थापाको १० हजार ४ सय ३७ मतले पछ्याईरहेका छन्।  एमालेका कर्णबहादुर थापा भन्दा  नेपाली काँग्रेसका  बद्री पाण्डे २ हजार  ९ सय २४ मतान्तरले अगाडि रहेका छन् ।                    
 बाजुरामा कूल खसेको ६० हजार १५२ मतमध्ये २३ हजार ७ सय ९८ मत गणना भइसकेको छ ।