काठमाडौंकाे माइतीघर मण्डलामा सुकुम्बासीकाे प्रदर्शन

काठमाडौं। सुकुम्बासीमाथि सरकारी पक्षले गरेको धरपकडको विरोधमा सोमबार काठमाडौं माइतीघर मण्डलमा प्रदर्शन भएको छ।

सुकुमबासी तथा अव्यवस्थित बसोबासीहरुले विना विकल्प उठिबास गराउन नपाइने भन्दै प्रदर्शन गरेका हुन्। प्रदर्शनकारीले थापाथलीस्थित सुकुम्बासी बस्तीमा काठमाडौं महानगरपालिकाले डोजर चलाउन खोज्दा आक्रमण गर्नेहरुमाथि महानगरले दिएको जाहेरी फिर्ता लिन पनि माग गरेका छन्।

संयुक्त राष्ट्रिय सुकुम्बासी मोर्चा नेपाल र नेपाल महिला एकता समाजले काठमाडौंको माइतीघरमा प्रदर्शन गरेको हो।

प्रदर्शनमा सहभागीले उठिबासको त्रास कहिलेसम्मरु जिल्ला भूमि आयोगको कामलाई तिब्र पारियोस् जस्ता नारा लेखेको प्लेकार्ड बोकेका थिए।