पल शाहका समर्थकद्वारा दुर्गेश थापामाथि आक्रमण

काठमाडौं । कलाकार दुर्गेश थापामाथि स्टेजमै आक्रमण भएको छ । कपिलवस्तुमा आयोजना भएको सातौँ चन्द्रौटा महोत्सवमा प्रस्तुति दिइरहेका बेला थापामाथि आक्रमण भएको हो।

मञ्चमा प्रस्तुति दिँदै गर्दा ढुङ्गा प्रहार भएपछि उनको प्रस्तुति रोकिएको थियो। आक्रमण भएपछि महोत्सव स्थलमा सुरक्षा व्यवस्था कडा पारिएको छ।

अभिनेता पूर्णविक्रम उर्फ पल शाहलाई फसाउन सहयोग गरेको भन्दै थापा विवादमा तानिएका थिए। थापालाई शाहको समर्थकहरूले ढुङ्गा प्रहार गरेको हुनसक्ने अनुमान गरिएको छ।

शनिवारका दिन दर्शकको अत्यधिक भीड रहेकाले कसले ढुङ्गा प्रहार गरेको भन्ने विषयमा अनुसन्धान भइरहेको बताइएको छ। व्यापार संघ कपिलवस्तुले आयोजना गरेको महोत्सव पुस २१ गतेसम्म सञ्चालन हुनेछ।