सुदूरपश्चिममा सभामुखको निर्वाचन आज हुँदै

काठमाडौं । सुदूरपश्चिम प्रदेश सभामा सभामुख चयनका लागि बिहीबार निर्वाचन हुँदैछ ।बिहीबार दिउँसो १ बजे हुने सभामुख निर्वाचनका लागि बुधबार मनोनयन दर्ता गरिएको थियो ।

जसअनुसार नेपाली कांग्रेसका मानबहादुर रावल र नेकपा माओवादी केन्द्रका भीम भण्डारीले सभामुखमा उम्मेदवारी दिएका छन् ।

भण्डारीलाई एमाले, नागरिक उन्मुक्ति र राप्रपाको समर्थन रहेको छ भने रावललाई नेकपा एकीकृत समाजवादीको साथ रहेको छ ।

५३ सदस्यीय प्रदेशसभामा नेपाली काग्रेसका १९, नेकपा माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ती पार्टीका ७, नेकपा ९एकीकृत समाजवादीं का ४ तथा राप्रपा र स्वतन्त्रका एक एक जना सासंद छन् ।