माओवादीले बोलायो पदाधिकारी बैठक

काठमाडौं । राष्ट्रपति चयनलगायत विषयमा छलफल गर्न नेकपा माओवादी केन्द्रको पदाधिकारी बैठक सोमबार बस्ने भएको छ।

माओवादी केन्द्रका नेता मातृका यादवका अनुसार सोमबार दिउँसो ४ बजे पार्टी कार्यालय पेरिसडाँडामा पदाधिकारी बैठक बोलाइएको हो।

फागुन २५ गते हुने राष्ट्रपति चुनावका विषयमा बैठकमा छलफल गरिने भएको छ।