‘कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल सुरक्षाफौज फिर्ता लैजानुपर्छ: बामदेव गौतम

काठमाडौं। पूर्वउपप्रधानमन्त्री बामदेव गौतमले कालापानी, लिपुलेक र लिम्पियाधुराबाट भारतले तत्काल आफ्ना सुरक्षाफौज र कर्मचारी फिर्ता लैजानुपर्ने बताउनु भएको छ।

राष्ट्रियसभाका सांसदसमेत रहेका नेता गौतमले भारतले नेपालका धेरै भूगोल मिचेको दावी गर्दै त्यो भूभाग फिर्ता लिन नेपाललाई अन्तर्राष्ट्रिय कानूनले पनि सहयोग गर्ने स्पष्ट गर्नुभयो।

नेपालको सिंगो संसदमा सबै राजनीतिक दलहरुको सर्वसम्मतिले पारित गरेर नेपालले आफ्नो नक्सामा समावेश गरेको विश्वलाई जानकारी भएको उल्लेख गर्दै सांसद गौतमले त्यसमा भारतले मिचाहा प्रवृत्ति देखाउन नमिल्ने बताउनुभयो।

सांसद गौतमले नेपाल कहिल्यै कसैको अधिनमा नरहेको चर्चा गर्दै आफ्ना मिचिएका भूभागहरु फिर्ता लिएरै छोडने अडान दोहोर्‍याउनु भयो।

‘यो सार्वभौमिकताको सवाल हो। हामीले त्यहाँबाट भारतीय फौज र कर्मचारी जति छन्, ती सबै तुरुन्त निस्कन पर्छ भनेर भन्ने विषय नेपाली जनताको बीचमा लैजानु पर्छ । र, हाम्रो सार्वभौमिकताको रक्षा गर्नु पर्छ।

हामीले त्यसो गर्न सक्छौ कि सक्दैनौं भन्ने सन्दर्भमा यो किताबले देशभित्र त यो सबै गर। अन्तर्राष्ट्रिय क्षेत्रमा जाने हो भने पनि धेरै यस्ता कानुनहरू छन्, जसले हामीलाई सर्पोट गर्छ’, उनले भने, ‘हामीलाई अगाडि बढन सर्पोट गर्छ भन्ने विषय यहाँ छ।

हामी सुगौली सन्धितर्फ जान सक्छौं कि सक्दैनौं भन्दा त्यता जान हुन्न। तर हाम्रा इतिहास अध्ययन गराउँदाखेरी सम्पूर्ण इतिहास अध्ययन गराउनु पर्दछ।