नेपाल टेलिकमले भारत र थाइल्यान्डमा प्रयोग हुने रोमिङ सेवाको महसुल दर घटायो

काठमाडौँ । नेपाल टेलिकमले भारत र थाइल्यान्डमा नेपाल टेलिकमका प्रिपेड तथा पोस्टपेड मोबाइल सेवा प्रयोग गर्दा लाग्ने रोमिङ सेवाको महसुल दर उल्लेखनीय रुपमा कमी गर्ने भएको छ ।

मे १७ मा मनाइने ITU Day 2023 को अवसरमा भोलि जेठ ३ गतेदेखि लागू हुने गरी नयाँ महसुल दर कायम हुने नेपाल टेलिकमका प्रवक्ता शोभन अधिकारीले जानकारी दिए ।

नेपाल टेलिकमको प्रिपेड तथा पोस्टपेड मोबाइल लिएर यी दुई देश जाने सेवाग्राहीले पहिले भन्दा धेरै नै कम महसुल दरमा रोमिङ सेवा प्रयोग गर्न सक्ने छन्। नयाँदर अनुसार भारतमा नेपाल टेलिकमको सिम लिएर भारतकै कुनै नम्बरमा कल गर्दा प्रतिमिनेट रु. ७ मात्र शुल्क लाग्ने छ।

त्यसैगरी नेपाल वा अन्य देशको जुनसुकै नम्बरबाट आएको कल उठाउँदा पनि प्रतिमिनेट रु. ७ लाग्ने छ भने एसएमएस गर्दा प्रति एसएमएस रु. ७ नै लाग्ने छ। हाल भारतको कुनै नम्बरमा कल गर्दा रु. ३०, अन्य नम्बरबाट आएको कल उठाउँदा रु. १४ र एसएमएस गर्दा रु. २४ लाग्ने व्यवस्था छ ।

त्यसैगरी थाइल्यान्डमा नेपाल टेलिकमको प्रिपेड तथापोस्टपेड मोबाइलबाट कुनै थाइल्यान्डमै भएको नम्बरमा कल गर्दा र नेपालमा भएको नम्बरमा कल गर्दा प्रतिमिनेट रु. ५० मात्र लाग्ने छ। त्यसैगरी आएको कल उठाउँदा प्रतिमिनेट रु. २५ र एसएमएस गर्दा प्रतिएसएमएस रु. १० लाग्ने छ ।

हा लकुनै नम्बरमा कल गर्दा रु. १३५ र अन्य नम्बरबाट आएको कल उठाउँदा रु. ९० लाग्ने व्यवस्था छ। एसएमएस गर्दा प्रति एसएमएस रु. ३४ लाग्छ।

त्यसैगरी डाटा चलाउँदा हाल प्रतिएमबी रु ४० शुल्क भएकोमा अबप्रति १०० केबी ०.४९ पैसा मात्र लाग्ने छ । यस अनुसार प्रतिएमबी करिव रु ५ मात्र लाग्ने छ।

अन्य देशमाजाँदा-रहँदा समेत नेपाल टेलिकमकै मोबाइल नम्बर प्रयोग गर्न सकिने सुविधा नै अन्तर्राष्ट्रिय रोमिङ सेवा हो।

यो सुविधा लिएपछि विदेश गएको समयमा पनि नेपाल टेलिकमकै मोबाइल नम्बर (सिम) प्रयोग गरी कलगर्न र फोन उठाउन, इन्टरनेट चलाउन तथा एसएमएस आदान(प्रदान गर्न सकिन्छ ।

रोमिङ सेवा र यसको वारेमा विस्तृत जानकारी जततउकस्ररलत https://ntc.net.np/post/international-roaming-1  मा हेर्न सकिने नेपाल टेलिकमले जनाएको छ।