प्रहरी निरीक्षकले दिए प्रहरी जवानलाई हात बाँधेर यातना

काठमाडौं। जिल्ला प्रहरी कार्यालय सिरहाका प्रहरी निरीक्षक हेमन्त राईले प्रहरी जवान अनु रायलाई हात बाँधेर यातना दिएका छन्।

उनले रायलाई यातना दिइरहेको भिडियो बाहिरिएको छ। सामाजिक सञ्जालमार्फत बाहिरिएको उक्त भिडियोमा जवान रायले रुँदै ‘मैले रक्सी खाँदिन, मलाई यसरी किन यातना दिनुहुन्छ? कानै सुन्निने गरि किन पिट्नु हुन्छ ? भन्दै छन्।

त्यहीबला अर्कै अधिकृतले यस (राय)लाई हात खोलेर मेडिकल गर्न लैजा भनेर निर्देशन दिएको सुनिन्छ।

मधेश प्रदेश प्रहरी कार्यालयका प्रवक्ता एसपी महेन्द्रकुमार श्रेष्ठले आफुले उक्त भिडियो हेरेको र यसबारे के भएको भनेर बुझ्ने काम गरिरहेको बताए।