देउराली सहकारीले बचतकर्ताहरुको रकम चाँडै फिर्ता गर्ने,यी ठूला ऋणिलाइ तत्काल ऋण चुक्ता गर्न अध्यक्ष चौलागाईंको आग्रह

काठमाडौं। देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईंले बचतकर्ताको सबै बचत फिर्ता गर्ने प्रतिवद्धता जनाएका छन्। अहिले विश्वका विभिन्न मुलुकमा आर्थिक संकटका कारण अर्थतन्त्रनै तहसनहस भएको अवस्था छ। विश्वमानै आर्थिक संकट परेपछि नेपालपनि त्यसबाट अछुतो रहन सकेन।

नेपालको सन्दर्भमा विश्व महामारीको रुपमा भित्रीएको कोभिड-१९ पछि नेपालकै ५०५ प्रतिशत अर्थतन्त्रको हिस्सा ओगटेको सहकारी क्षेत्रनै तहसनहस हुन पुगेका छन्।

नेपालको अस्थिर राजनिती र नियमन गर्ने सम्बन्धित निकाएको मौनतालाई भरपुर प्रयोग गर्दै उपत्यकामा च्याउसरी संञ्चालनमा ल्याएका केही सहकारी संञ्चालकका कारण आज सहकारी क्षेत्रनै बदनाम हुन पुगेको जानकारहरुले बताउने गरेका छन।

उपत्यकाको विभिन्न सहकारीका संञ्चालकहरु कुनै न कुनै राजनीतिक दलको आडमा रहि निक्षेप कर्ताहरुको अर्बौं रुपैयाँ कुमल्याई फरार समेत भएका छन।

यसरी अर्वौ रुपैयाँ लिएर फरार हुने सहकारी संञ्चालकका कारण निक्षेप कर्ताको रकम कसरी फिर्ता गर्ने र संस्थालाई पुरानै लयमा कसरी फर्काउने ध्ययमा लागेका काठमाडौं उपत्यकाको केही सहकारी संञ्चालकलाई मार परेको स्पस्ट देख्न सकिन्छ।

एकातिर बचतकर्ताहरु आफ्नो बचत रकम फिर्ता लिन सहकारी संस्थाहरुमा लाईन लागेका देखिन्छन भने अर्को तर्फ ऋणिहरु संस्थाबाट ऋण लगि कानमा तेल हालेर बसेका स्पस्ट बुझ्न सकिन्छ यतिमात्र कहाँ होर सहकारीका पुर्वअध्यक्षहरु संथाको अर्बौं रुपैयाँ अपचलन गरि विदेश पलायन भएको समेत समाचार प्रकाशित भैसकेको छ।

हाल देशकै प्रमुख वितिय संस्था सहकारी क्षेत्र तरलता को कारण मारमा छ। कतिपय चर्को व्याजले र कतिपय घरजग्गाको कारोबारका कारण सहकारी संस्थाहरु समस्यामा परेका हुन।

समस्त सहकारी क्षेत्रमा परेको समस्याको बाबजुद ललितपुरको सातदोबाटोमा केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष रबिन्द्र चौलागाईं भने यतिखेर बचतकर्ताहरुको रकम कसरी फिर्ता गर्ने र संस्थालाई कसरी पुरानै लयमा फर्काउने ध्ययमानै आफ्नो दैनिकि चलिरहेको स्वयं बताउँछन्।

देउराली सहकारीका अध्यक्ष चौलागाईं भन्छन-यस्तो विषम अवस्थामा सहकारी क्षेत्र लाईनै सिद्याउने उदेश्यले विभिन्न सञ्चारमाध्यमले आगोमा घिउ थपि रहेका छन।

चौलागाईं भन्छन,देशकै ठुला व्यापारी मध्यमा म पनि पर्छु मैले हजारौं कामदारहरुलाई ललितपुरको लेलेमा कृषि फर्म खोलि त्यहाँका बासिन्दालाई रोजगार दिई विदेशबाट आयात हुने अण्डा र कुखुराको मासुमा ललितपुर जिल्लालाई आत्मनिर्भर बनाउन सफल भएको थिँए।

उनी भन्छन वर्षौंदेखि राज्यका साथै ललितपुर जिल्लालाई कृषिमा निर्भर बनाउने उदेश्यले लाखौंको सङ्ख्यामा कुखुराको अण्डा तथा मासु उत्पादन गरि सस्तो मुल्यमा दिंदै आयको थिए।उनको ललितपुर ,भक्तपुर ,काभ्रेको पाँचखाल लगायतको ठाउँमा कुखुराको व्याबसाय संञ्चालन गरिएकाे थियो।

त्यस्तै चौलागाईं भन्छन-मैले विराटनगरमा अन्नपूर्ण डिस्टिलरी नामक व्यावसाय खोलि ३०० जनालाई प्रतेक्ष्य रोजगार दिनुका साथै राज्यलाई बार्षिक करोडौं कर तिरेको छु।

यस्तै डाबर नेपाल ,युनिलिभर , गोर्खा ब्रुअरी ,पार्लेजि बिस्कुट ,गोदरेज जस्ता राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कम्पनीमा नेपालको एजेन्सी बनि लगभग ३०० जनाभन्दा बढी व्यक्तिहरुलाई रोजगार दिन सफल भएको थिए।

चौलागाईं भावुक हुँदै भन्छन तर मैले घरजग्गाको कारोबार समेत गर्दै आईरहेकोमा सहकारी क्षेत्रमा प्रवेश गरेपछि सहकारीकै कारण बदनाम भएको छु।

चौलागाईंका नजिकका जानकारहरुका अनुसार जब देउराली सहकारीमा समस्यमा पर्ने वितिकै चौलागाईंले अरु सबै व्यावसाय छाडि सहकारीलाई नियन्त्रणमा लिन दिनरात लागि रहेका छन्।

चौलागाईं भन्छन-बचत कर्ताहरुको ६ अरब ५० करोड बचत रहेको सहकारीमा आजको मितिमा जम्मा जम्मि फिर्ता दिनुपर्ने रकम ५४ करोड देखिन्छ।

बचतकर्ताहरुको त्यो रकमको पनि मैले आफ्नो र श्रीमतीको नामको चेक दिए-जुन चेक ललितपुरको लामाटारमा रहेको ८४ रोपनी जग्गा बैना भएपछि उक्त जग्गाको पैसा बचतकर्ताहरुलाई फिर्ता दिने उदेश्यले चेक वितरण त गरें तर विडम्बना जग्गा बैना त भयो ३० करोड जम्मा रकम १ अर्ब ७२ करोडमा किनबेच गर्ने उदेश्यले रु ३० करोड बैना लिए तर बैना गर्ने व्यक्तिले जग्गा लिन सकेन उल्टै सहकारीमा समस्य आए पछि बैना फिर्ता गर्न टर्चर दिई अहिले सम्म उक्त जग्गा बिक्रि हुन सकेको छैन।

बजारमा विभिन्न व्यक्तिले मुद्दा मामिला छ, भनी ग्राहकलाई भड्काउने काम भैरहेको छ। यता सहकारीको समस्या टार्न सहकारीका बचतकर्ताहरुको विभिन्न व्यक्तिहरुलाई गाडी, घर जग्गा जमिन पास गरिदिए भने केहिलाई रकम दिंए।

उनी भन्छन – कोही जग्गा जमिन गाडी आदि आफ्नो नाममा पास गएपछि जो व्यक्ति समाजमा आफूलाई समाजसेवीको रुपमा देखाउने भित्र भित्र अनुचित लेनदेन गर्नेहरुले ठुलो मात्रामा म संग नगद तथा घरजग्गा हड्पेका छन्, आज तिनै व्यक्तिहरुलाई नेपाल सरकारको सम्वन्धित निकायमा मुद्दा दर्ता गराई सम्बन्धित निकाय हरुलाई खबरदारी गरीरहेको छु।

सानै उमेर देखि व्यावसाय सुरुगरेका चौलागाईंको व्यापारीक प्रोफाईल राम्रो रहेको जानकार हरुले बताउने गर्छन। जानकार हरुका अनुसार उनको त्यो व्यावसायिक प्रोफईलकै आधारमा बैंक तथा वितिय संस्थाहरुले लगानी गरेका हुन।

मौकाको फाईदा उठाउने तरिकाले ललितपुरका विभिन्न राजनीतिक दलका विभिन्न व्यक्तिहरु र गुण्डाहरुको आडमा देउराली सहकारी संस्था समस्यामा परेको बेला मिटरव्याजीहरुले केही रकम दिई राज्यको ऐन कानुन बापरित संस्था र चौलागाईंको नाममा रहेको करोड देखि अरबसम्म पर्ने जग्गा-जमिन हड्पेको चौलागाईंको आरोप छ।

चौलागाईं भन्छन- संस्था र मेरो नाममा रहेको जग्गा जमिनका साथै नगद समेत अपचलन गरि केही व्यक्तिहरु आलिसान घर ,गाडी, चोकचोकमा रोपनिका रोपनी जग्गा जोडी फाइफ स्टार होटलमा विलासिताका साथ रमाईरहेका छन्।

उनी थप्छन “जो हिजो समान्य जग्गा दलाल, समान्य सहकारीको संञ्चालक, जागिरे जस्ता व्यक्ति आज बजारमा खुलेआम मेरो टाउको काट्छौ ,तेरा परिवारलाई अपहरण गर्छौ भनी धम्की दिंदै ज्यानमार्ने, अपहरण गर्ने जस्ता जघन्य अपाराधपुर्ण राज्यको कानुन लाईनै चुनौती दिदै हिंंडिरहेका कारण उनिहरुमाथि मुद्दा दर्ता गराएको छु।

चौलागाईं आसाको दियो बाल्दै भन्छन मलाई राज्यले साथ दिनेछ र त्यस्ता व्यक्तिहरुलाई समाज बाट बहिस्कार गरि म जस्ता व्यवसायिलाई साथ सहयोग हुनेमा म विश्वस्त छु।

देउराली सहकारीका एक सञ्चालक भन्छन- देउरालिका अध्यक्ष चौलागाईं तथा उनले सञ्चालन गरेका व्यावसायलाई सिध्याउने नियतले लागेका केही व्यक्ति कर्मचारीलाई कडा भन्दा कडा कारबाही गरिनु पर्दछ।

सहकारीमा समस्या आउनुमा कर्माचारी समेत दोषी रहेको आरोप लगाउँदै चौलागाईं भन्छन,संस्थामा कार्यरत कर्मचारी जसले देउराली सहकारीले लगानी गरेको कर्जा नउठाई व्यावसायमा लगानी गरेको रकम हिनामिना गरि सँगै समान्तर संस्था खोलि आज यो अबस्थामा पुर्‍याउने कर्मचारीहरु र व्यक्तिहरुलाई कुनै पनि हालतमा छाड्ने छैन। र यिनिहरुलाई कानुनको दायरामा ल्याई संस्थाको कर्जामा भएको अपचलन र संस्थालाई अप्ठ्यारो परेका बेला छाड्ने कर्मचारी र अनुचित लेनदेन गर्ने व्यक्तिहरुलाई कारबाही गरि जनता, बैंक तथा वितिय संस्थाको रकम तिरी पुर्ण रुपमा व्यावसाय सञ्चालन गर्ने प्रतिबद्धता गर्दछु।

चौलागाईंले एक विज्ञप्ति जारी गर्दै ऋणिहरुलाई संस्थाको ऋण तिर्न अनुरोध समेत गरेका छन। उनले विज्ञप्ति जारी गर्दै भनेका छन्, तल उल्लेखित निम्न व्यक्तिहरु सम्पर्कमाआई देउराली बहुउद्देश्यीय सहकारीको कर्जा सावाँ, व्याज तिर्न असार मसान्त सम्म समय-सिमा तोकिएको छ तपाईं ऋणिहरुलाई संस्थामा आउन पटक-पटक सम्पर्क गर्दा अटेर गरेकाले अब कानुनी प्रक्रियामा जाने हुँदा असार मसान्तभित्र आफ्नो कर्जा तिरी असल नागरिकको पहिचान दिनुहुन अनुरोध गर्दछु।

साथै यस देउराली बहुउद्देश्यीय सहकारी संस्थाको तपाईं ऋणिहरु यसै मिडियाको सुचनालाई आधारमानी सहकारीमा उपस्थिति हुन अनुरोध गर्दछु।  

यी हुन देउराली बहुउद्देश्यीय सहकारीबाट ऋणलिने ऋणिहरू- सिन्धु विकास बैंकका राजेन्द्र श्रेष्ठ ,काभ्रेपलान्चोक जिल्ला पनौतिका काठ व्यावसायी,केशव प्रसाद आचाार्य ,ललितपुर जिल्ला जाउलाखेलका कार्पेट व्यावसायी नवीन रिजाल,माच्छापुच्छे डिस्टिलरीका व्यावसायी डिल्लीराम गौतम ,झापामा सञ्चालन हुँदै आएको कामक्ष होटलका सञ्चालक विनोद पोखरेल र उनको श्रीमती सुनिता पोखरेलका साथै एका घरका भाइ प्रमोद पोखरेल,काठमाडौंको पेप्सीकोलामा सञ्चालन हुँदै आएको फुटसल संञ्चालक ललितपुर धापाखेल निवासी नवीन खड्का ,फेसीएण्डपेन्सका सञचालक प्रभाकर आचार्य,क्याविन केयरका सञ्चालक रोसन थपा ,काठमाडौंको कोटेश्वरमा सञ्चालित भिजनपोलिक्लिनिक का सञ्चालक ,एलआइसी नेपाका एजेन्ट अम्बिका नगरकोटी,ललितपुरका सुनपसल संञ्चालक अजय शाक्य,ललितपुरका जेसिवी सञ्चालक निरज श्रेष्ठ,सुनिल कुमार कर्ण,बिसाल कुमार श्रेष्ठ ,ताराबाबु महर्जन ,सुरेन्द्र घिमिरे,एमबहादुर क्षेत्री समेतलाई संस्थामा उपस्थित हुन अनुरोध छ।

यो पनि पढ्नुहोस-  

देउराली सहकारीका बचतकर्तालाई ६ महिना भित्र रकम फिर्ता गर्ने अध्यक्ष चौलागाईं प्रतिबद्धता,अफवाह पछि नलाग्न आग्रह

काठमाडौं। केही समयदेखि तरलताको संकट खेपिरहेको ललितपुरको सातदोबाटोस्थित केन्द्रीय कार्यालय रहेको देउराली बहुउद्देश्यीय सहकारी संस्थाका अध्यक्ष रविन्द्र चौलागाईँले सहकारीका बचत कर्ताहरुको गुनासालाई ध्यान दिँदै गुनासो सम्बोधन स्वरुप पुन: एक विज्ञप्ति जारी गरेका छन्।

अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिको शिर्षकमा भनिएको छ: देउराली बहुउद्देश्यीय सहकारी र अध्यक्ष चौलागाईं विरुद्ध लेखिएका विभिन्न समाचारको घोर भर्त्सना गर्दछौं।

चौलागाईंले जारी गरेको विज्ञप्तिले स्पष्ट पारिसकेकाे छ, देउराली सहकारीका संञ्चालकहरुका साथै उक्त सहकारीका अध्यक्ष चौलागाईं विरुद्ध नियोजित रुपमा केही सञ्चारमाध्यम र शक्ति लागि परिरहेकाे उल्लेख छ।

विभिन्न समाचार माध्यमहरुमा आएका भ्रमक समाचार र सहकारीका बचतकर्ताहरुको भ्रमलाई चिराफारा गर्न अध्यक्ष चौलागाईंले विज्ञप्ति जारी गरेको जनाएका छन्।

देउराली बहुउद्देश्यीय सहकारीको फिर्ता गर्न बाँकी केही रकमको विषयलाई लिएर सहकारीलाई मार्ग निर्देशन गर्ने सहकारी विभाग बानेश्वरले देउरालीका संञ्चालकहरुलाई बोलाई छलफल गरी बाँकी रहेको केही रकम क्रमिक रुपमा पौष मसान्तसम्म फिर्ता गरि सक्ने गरी कागजी प्रक्रिया गरिएको छ। उनले सार्वजनिक गरेको निक्षेप फिर्ताको योजनामा दुई चरणमा दुई विकल्प दिएर ब्याजसहित साँवा फिर्ता गर्ने उल्लेख छ।

उपरोक्त सम्बन्धमा गत असार १७ गते देउराली सहकारीको पिडितहौं भन्दै सहकारी रजिस्ट्रार कार्यालय गएर त्यहाँ कार्यरत कर्मचारीलाई अमानवीय व्यबहार गरि सिआइवीलाई पत्र पठाउन लगाएको र सहकारी विभागले छलफलको लागि बोलाएको विषयमा विभिन्न सञ्चार माध्यमले अफहवा फैलाएकोले हामी संञ्चालक समिति स्वयं रजिस्ट्रार कार्यलयमा उपस्थिति भई सहकारीको हालसम्मको कार्यविवरण वुझाई सहकारीको बचतकर्ता अर्थात पिडित पक्ष,संञ्चालक समिति र सहकारी विभाग विच भएको तृपछिय छलफल पश्चात् आगामी ६ महिनाको बचत फिर्ता कार्ययोजना बुझाएकोले अना-आवश्यक अफवाहको पछि नलाग्न र बैंक तथा वितिय सँस्थाको विषयमा पनी सबै सङ्ग सम्पर्कमा रहि तदारुपताका साथ कार्य गरीरहेको हुनाले यो सबै अफवाह हो भन्ने कुरा पुष्टि गरेका छौ विज्ञप्तिमा भनिएको छ। 

बचतकर्ताहरुलाई ढुक्क पार्दै अध्यक्ष चौलागाईंले प्रेषित विज्ञप्तिमा उद्घोष गरेका छनकी,बचतकर्ताहरुको आगामी श्रावण महिनामा व्याजको केही रकम र पौष मसान्तसम्ममा बाँकी रकम, नगद तथा जग्गाबाट फिर्ता गरिने प्रतिबद्धता व्यक्त गर्दछौ।

विज्ञप्तिमार्फ चौलागाईंले भनेका छन् “देउराली बहुउद्देश्यीय सहकारी संस्थामा कार्यरत कर्मचारीहरु जसले लगानी गरेका छन् – वर्षौ-वर्ष काम गर्दा नउठेको लगानी संस्थाको सम्पत्ति अपचलन गरि संस्था विरुद्ध सदस्यहरुलाई विभिन्न गलत प्रचार गरी संस्था र सहकारीका अध्यक्ष प्रति गरेको अपमानको विरुद्ध उक्त व्यक्ति तथा कर्मचारीलाई कारवाहि अगाडि बढाईएको जनाएका छन्।

संस्थालाई अप्ठ्यारो परेकोबेला आर्थिक कारोबारमा जोडिएर ठूलो मात्र नगद तथा सम्पत्ति लिने अनुचित लेनदेनको कारोबार गर्ने लाई मुद्दा दर्ता गरेका छौं। साथै सदस्यहरुको साथ र सहयोगमा सहकारी विभागले तोकिएको समय अगावै बाँकी रहेको बचत रकम फिर्ता हुने प्रतिद्वता जनाएका छन्।

सदस्यहरुलाई धैर्यताका साथ विगतमा जस्तै देउराली बहुउद्देश्यीय सहकारी संस्थालाई माया गरीदिनु हुन अनुरोध गर्दछौं अध्यक्ष चौलागाईंले जारी गरेको विज्ञप्तिमा उल्लेख गरेका छन्।

विज्ञप्तिमा थप्दै चौलागाईंले सहकारीका कर्मचारीहरुका साथै ऋणीहरुलाई समेत आग्रह गरेका छनकी हाम्रा कर्मचारीहरुको सम्पर्कमाआई सहकारी विभागले दिएको निर्देशन अनुसार आगामी श्रावण मसान्तभित्र ऋणीहरुले आफ्नो ऋणको व्याज रकम फिर्ता गर्नुहुन अनुरोध गर्दछौं अन्यथा सहकारीको ऐननियम अनुसार कारबाही अगाडि बढाउने छौ।

देउराली बहुउद्देश्यीय सहकारीका अध्यक्ष चौलागाईं भन्छन:

२०७९ साल असार महिना देखि आर्थिक समस्यामा परेको देउराली बहुउद्देश्यीय सहकारी र विभिन्न व्यावशायमा आबद्ध सहकारीको म अध्यक्ष विरुद्ध विभिन्न मिटर व्याजी, गलत नियत भएका अनलाइन समाचार पोर्टलहरुले चौलागाईं भागेको ,बैंकको सम्पर्कमा नआएको र सिआईवीले पक्राउ पुर्जी जारी गरेको जस्ता समाचार प्रकाशित गरि देउराली सहकारीसँग आबद्द सदस्य, लगानी कर्ता ,बैंक तथा वितिय संस्थाहरुलाई अफवाह फैलाएकोमा घोर भर्त्सना गर्दछु।

चौलागाईंले देउराली सहकारीको विषयमा प्रकाशित समाचार र सहकारीका संञ्चालकहरु माथि लगाएको दोष मित्था भएक‍ो आरोप लगाएका छन्।

अध्यक्ष चौलागाईं आफू लगाएत संञ्चालक समूह सहित सहकारी विभाग गएर सहकारी विभागका रजिस्ट्रार नमराज र देउराली सहकारीका बचतकर्ताहरु अर्थात पिडित समूहबीच छलफल समेत गरेक‍ो बताएका छन्।

उनले भनेका छन् आगामी ६ महिना भित्र क्रमिक रुपले जस्तै श्रावण मसान्तभित्र साँवाको व्याज र आगामी पौष मसान्तभित्र जग्गा जमिन र नगद दिई बाँकी रकम फिर्ता गरि सक्ने भनी सहकारीको सञ्चालकहरूले आ-आफ्नो श्रीमती र साथी सहयोगीको नाममा रहेको जग्गा र नगद गरि फिर्ता गर्ने, साना बचत कर्ताहरुलाई प्राथमिकतामा राख्ने गरि सम्झौता भएको छ।

छलफल बारे थप्दै चौलागाईं भन्छन्,मैले मेरो व्यक्तिगत अर्थात निजी व्यावसायको लागि उपत्यकाको विभिन्न ठाउँको अरबौं मुल्यांकन हुने जग्गा धितो स्वरुप राखी एक चौथाई बराबर केहि ऋणलिएकोमा सहकारीका बचतकर्ताहरुको बचत रकम फिर्ता गर्ने सिलसिलामा व्यवसायमा केहि शिथिलता आएपनि ऋण लिएको सबै बैंकहरुमा सम्पर्कमा रहि उक्त बैंकहरुमा रोक्का रहेको धितो बापतको जग्गा बैंक र आफूहरु मिलि चाँडै फुकुवा गरेर सहकारीक‍ो समस्या चाँडै समाधान गर्ने छौं।

अध्यक्ष चौलागाईं भन्छन्,देउराली सहकारी संंस्थामा आजका मिति सम्म गरेका कार्य प्रगति र बचतकर्ताहरुको बाँकी बचत रकम कसरी फिर्ता गर्ने कार्ययोजना सहित काठमाडौंको नयाँबानेश्वरमा रहेको सहकारी विभागमा कागजी कार्य गरेका छौं।

कागजि कार्यबाट हौसिएका चौलागाईं भन्छन् ,सहकारी विभाग देउराली सहकारी प्रति सकरात्मक रुपले अगाडि बढेकोछ देउराली सहकारीले बचतकर्ताहरुको ठुलो रकम फिर्ता गरि सकेक‍ो र बाँकी रकम फिर्ता गर्न ६ महिनाको समय सिमा दिनुका साथै विभागले पनि साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेकाे छ।

यता देउराली सहकारी समस्यामा परेपछि विभिन्न राजनीति दलको आडमा केही आर्थिक सहयोग गरि सहकारीबाट करोडौं-करोड रुपैयाँ संञ्चालकहरुलाई डर धम्की देखाई लैजाने र संस्थालाई रकम सहयोग गर्छु भनी जग्गा, गाडी ,घर घँडेरी आफ्नो नाममा पास गरी खालि चेक लिई व्लाकमेल गर्ने व्यक्तिहरु ,संस्थामा लगानी गरेको रकम नउठाई हिनामिना गरि अर्को संस्था ख‍ोलि देउरालीलाई समस्यमा पार्ने मिटर व्याजी संञ्चालकहरुलाई मुद्दा समेत चलाए लगत्तै देउरालीका बचतकर्ताहरुलाई विभिन्न आर्थिक प्रलोभन देखाई सहकारी विभाग लगेर त्यहाँको कर्मचारी माथि अभद्र व्यवाहार गरि पत्र लेख्न लगाएको चौलागाईंको आरोप छ। उनी भन्छन् यस्ता व्यक्तिहरुलाई कारबाहीको दायरामा ल्याई बचत कर्ता र बैंकहरुको कर्जा चाँडै मिलाउने प्रतिवद्धता गर्दछु।