अखिल (क्रान्तिकारी)ले सीटीईभीटीलाई तत्काल बढाएको शुल्क घटाउन दियो कडा चेतावनी

काठमाडौं।प्राविधिक शिक्षा तथा व्यवसायिक तालीम परिषद (सीटीईभीटी)ले शुल्क बढाएको प्रति अखिल (क्रान्तिकारी)ले कडा विरोध जनाएको छ। शैक्षिक संस्थाका मालिकहरूको मिलेमोतोमा बढाएको शुल्क तत्काल फिर्ता लिन सीटीईभीटी प्रशासनलाइ अलटिमेटम दिएको नेता पेशल दाहालले जानकारी दिए।

देशमा आर्थिक संकट भएको बेला व्यपार व्यवसाय धरासायी बनिरहेको अवस्थामा शुल्क वृद्धि गर्नु गैरन्ययीक,अमानवीणय र अपराधीक रहेको विज्ञप्तिमा उल्लेख गरिएको छ।

विद्यार्थी माथि गरिएको कुनै पनि लुट संगठनलाइ स्वीकार्य नहुने बताइएको छ। सीटीईभीटीमा सबैभन्दा बढी भष्टचार हुने शैक्षिक संस्थाका रूपमा बदनाम हुदै आएको जनाएकाे छ। सीटीईभीटीले बढाएको शुल्क तत्काल सच्याउन गम्भीर ध्यानाकर्षण गराउँदै संगठनले चेतावनी समेत दिएको छ।

अखिल (क्रान्तिकारी)का नेता पेशल दाहालले दिएको जानकारी अनुसार सङ्गठनले तत्काल बढाएको शुल्क नसच्याए आजदेखि आन्दलोनका कार्यक्रम अगाडी बढाउने बताएका छन्।सीटीईभीटीले आफ्नो गल्ती नसुधारे निर्मम सङ्घर्ष गर्ने नेता दाहालले चेतावनी समेत दिएका छन्।

उनले भने आज हामी केन्द्रीय कार्यलय र प्रदेश कार्यलयमा कालोव्यानर राखेर विरोध गर्छौं, भोली देरभरका सीटीईभीटीका कार्यलयमा कोणसभा गर्छौं,पर्सि पर्चा वितरण गर्छौं र ४ गते सीटीईभीटी अन्तर्गतका सञ्चालित सम्पूर्ण शैक्षिक संस्थामा हडताल गर्ने कार्यक्रम रहेको दाहालले बताए। यति गर्दा पनि सम्बोधन नभए थप आन्दोलनका कार्यक्रम घोषणा गरेर कडा आन्दोन गर्ने उनले बताए।