बाँकेमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु,३० जना घाइते

काठमाडौं । बाँकेमा बस दुर्घटना हुँदा सातजनाको मृत्यु भएको छ भने ३० जना घाइते भएका छन्।

जिल्ला प्रहरी कार्यालय बाँकेका अनुसार कोहलपुरको शमशेरगञ्जमा शुक्रबार राति ९ बजे दाङबाट बर्दियातर्फ जाँदै गरेको ना ७ ख २३२१ नम्बरको बस बाँकेको शमशेरगन्जमा रोकिराखेको ना ८ ख ६४०५ नम्बरको ट्रकमा ठोक्किएको थियो।

घाइतेहरूको बाँकेको कोहलपुर मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।