टी–२० विश्वकपमा छनोट भए नोबेल कलेजले २० लाख पुरस्कार दिने घोषणा (प्रेस विज्ञप्तिसहित)

काठमाडौं। आईसीसी टी–२० विश्वकप क्रिकेट छनोट खेलिरहेको नेपाली क्रिकेट टोली यदि विश्वकपमा छनोट भएको अवस्थामा नोबेल मेडिकल कलेजले १५ लाख रुपैयाँ पुरस्कार दिने घोषणा गरेको छ। साथै जारी प्रतियोगिताको फाइनलमा विजेता भएमा थप ५ लाखसमेत दिने उल्लेख गरिएको छ।

विराटनगरस्थित मेडिकल कलेजले नेपाली क्रिकेट र खेलाडीहरूको सम्मानमा उक्त घोषणा गरेको बताएको छ। बुधबार प्रेस विज्ञप्ति जारी गर्दै अस्पतालले नेपालको इतिहासमा नेपाल र नेपालीलाई एक जुट बनाउने कार्यमा खेलकुदको भूमिका पनि महत्त्वपूर्ण रहेको छ भन्दै उक्त कार्यको सम्मानमा पुरस्कार घोषणा गरेको हो। जारी प्रतियोगितामा बिहीबार नेपालले ओमान संग खेल्दैछ।