मुगु सामूहिक हत्या प्रकरण: संलग्नलाई आज सार्वजनिक गर्दै प्रहरी

काठमाडौं । मुगुमा एकै परिवारका चार जनाको हत्या भएको घटनामा संलग्नलाई प्रहरीले आज सार्वजनिक गर्दैछ ।

पक्राउ परेका मुगु छायाँनाथ रारा नगरपालिकाका ३० वर्षीय गोरखबहादुर शाहीलाई प्रहरीले आज सार्वजनिक गर्न लागेको हो।

उनलाई प्रहरीले बुधबार सुर्खेतबाट पक्राउ गरेको थियो। उनी मृतकका आफन्त हुन् । हत्यामा उनीसँगै अर्का एकजनाको पनि संलग्नता रहेको प्रहरीको अनुमान छ।

कात्तिक १० गते बिहान साढे ९ बजे छायानाथ रारा नगरपालिका-६ मुन्दुकी २८ वर्षीया श्रीदेवी बोहोरा, उनका ११ वर्षका छोरा मनोज, सात वर्षकी छोरी अप्सरा र ५ महिने अर्का छोरा रहरको शव भेटिएको थियो।

कात्तिक ८ गते राति श्रीदेवीसहित चारै जनाको हत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ।