जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु

काठमाडाैं । पाल्पाको तिनाउ गाउँपालिका–६, मस्याङको चिदिसमा जिप दुर्घटना हुँदा ८ जनाको मृत्यु भएको छ।

प्रहरीका अनुसार सिद्धार्थ राजमार्गको डुम्रेबाट चिदिस जाँदै गरेको लु१ज २३७१ नम्बरको जिप डुम्रे र चिदिसको बिच भागमा मंगलबार दुर्घटना भएको हो। जिल्ला प्रहरी कार्यालय पाल्पाले दुर्घटना ८ जनाको मृत्यु भएको जनाएकाे छ।

प्रहरी चौकी प्रभासको टोली र स्थानीयले घाइतेहरुको उद्धार गरिरहेको उनले बताए। मृतक र घाइतेको पहिचान नखुलेको प्रहरीले जनाएकाे छ।