नामिवियाविरुद्ध नेदरल्यान्ड्सले टस जितेर फिल्डिङ गर्दै

काठमाडौं । नेरदल्यान्ड्सले आईसीसी क्रिकेट विश्वकप विश्वकप लिग–२ त्रिकोणात्मक ओडीआई सिरिजमा नामिवियाविरुद्ध टस जितेर पहिला फिल्डिङ गर्दैछ।

टीयु क्रिकेट मैदानमा भएको टसमा नेदरल्यान्ड्सका स्कट एडवार्ड्सले टस जितेर पहिला फिल्डिङ रोजेका हुन् र उनले टोलीमा दुई परिवर्तन गरेका छन् ।

नेपालसँग पहिलो खेलमा ९ विकेटले पराजित भएको नेदरल्यान्ड्सले रोलेफ मान डर मर्वे र तेजा निडामानिरुलाई आज खेलाएको छ । शरि अहमद र वेस्ली ब्यारेसीलाई आज बेन्चमा राखेको छ।

उता नामिबियाले टोलीमा एक परिवर्तन गरेको छ । नेपालविरुद्ध डेब्यू खेल खेलेका ज्याक ब्रासेललाई बाहिर राख्दा जेपी कोट्जीलाई खेलाएको छ । जेपी शीर्षक्रमका ब्याटर हुन्।

नामिबियाले पहिलो खेलमा नेपाललाई ४ विकेटले हराएको थियो ।

नेदरल्यान्ड्सको प्लेइङ ११

म्याक्स ओडाउड, नोआह क्रस, आर्यन दत्त, तेजा निडामानिरु, स्कट एडवार्ड्स (कप्तान तथा विकेटकिपर), माइकल लेभिट, भिभियन किंग्मा, स्याब्रान्ड एंगेलब्रेक्ट, रोलेफ भान डर मर्वे, बास डि लिडे र क्याइल केलिन ।

नामिबियाको प्लेइङ

जेरार्ड एरास्मस (कप्तान), जेन ग्रिन (विकेटकिपर), जेजे स्मिथ, माइकल भान लिंगेन, निकोल लोफ्टि इटन, जान फ्रिलिंक, रुबेन ट्रम्पलम्यान, निको डाभीन, टांगेनी लुंगामेनी, बर्नार्ड स्कोल्ज र जेपी कोट्जे।