साफ यू–१६ महिला फुटबल: नेपाल र बङ्गलादेश आज भिड्दै

काठमाडौं। राजधानीमा शुक्रबारदेखि सुरु भएको साफ यू–१६ महिला फुटबल प्रतियोगितामा नेपालले आफ्नो पहिलो खेल खेल्दै छ। च्यासल मैदानमा नेपालले आज दिउँसो ३ बजे पहिलो खेलमा बङ्गलादेशसँग प्रतिस्पर्धा गर्ने छ। शुक्रबार भएको उद्घाटन खेलमा भारतले भुटानमाथि ७–० को जित निकालेको थियो।

साफ यू–१६ महिला फुटबलमा नेपाल, भारत, भुटान र बङ्गलादेशसहित चार टिमले सहभागिता जनाएका छन्। राउन्ड रोविन अनुसार सबैले एक अर्कासँग प्रतिस्पर्धा गरेपछि शीर्ष २ टिमले फाइनल खेल्ने छन्।

नेपाली टिमः

गोलरक्षकः रुपमा झरना डुम्राकोटी,सुनिता स्याङ्तान र लक्ष्मी ओली।

स्ट्राइकरः पूजा गिरी,अनिता रानामगर,यामकुमारी बिके र पूर्णिमा थारु।

मिडफिल्डरः भूमिका बुढाथोकी,आशिका कार्की,बविता कार्की,आयुषा रौले,डिकीकुमारी स्याङ्बो तामाङ,आयुषा गुरुङ,रविना बिके र सविना तामाङ।

डिफेन्डरः दीक्षा रायमाझी,रेजिना लामा,मिना चन्द,कृतिषा तामाङ,अंशु बिके,मीनामाया श्रेष्ठ,एलिजा बिके र ग्यान्सु डोल्मा लो।