दुबई पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा एक जना पक्राउ

काठमाडौं। दुबई पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ। पक्राउ पर्नेमा तनहुँको बन्दिपुर घर भएर काठमाडौंको मैतीदेवी बस्ने ४५ वर्षीय विष्णु बहादुर भण्डारी रहेका छन्।

दुबईमा मासिक ७० हजार तलब हुने कम्पनीमा जागिर लगाइदिन्छु भनेर पीडितसँग २ लाख ५० हजार लिएपछि उनी सम्पर्क विहीन भएका हुन्।

आरोपीलाई काठमाडौंको बत्तिसपुतलीबाट पक्राउ गरेर कानुनी कारवाहीका लागि वैदेशिक रोजगार विभागमा बुझाइएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए।