पर्यटक बस दुर्घटना हुँदा ६ चिनियाँ नागरिक घाइते

तनहुँ । पोखराबाट काठमाडौंतर्फ जाँदै गरेको तनहुँमा पर्यटक बस तनहुँमा दुर्घटना हुँदा ६ जना घाइते भएका छन् । शनिबार बिहान काठमाडौंतर्फ जाँदै गरेको बा १ प ११३९ नम्बरको पर्यटक बस तनहुँको म्याग्दे गाउँपालिका–६ शेराटारस्थित पृथ्वी राजमार्ग सडकखण्डमा दुर्घटना हुँदा ६ जना चिनियाँ नागरिक घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालय तनहुँका सूचना अधिकारी डिएसपी मोहनबहादुर खाँणका अनुसार चिनियाँ नागरिकहरू ६८ वर्षीय छुचेङ, ६७ वर्षीय साओ मेङ, ५० वर्षीया सुन ली, ७० वर्षीय लियो या छिङ, ६२ वर्षीय वाङ यइ दोङ र ५७ वर्षीया हुछिआओ ली घाइते भएका छन्।

उनीहरूको जिपि कोइराला श्वासप्रश्वास उपचार केन्द्र बेलचौतारामा उपचार भइरहेको डिएसपी खाणले जानकारी दिए । प्रहरीका अनुसार उक्त बसमा २६ यात्रु सवार थिए । बसका चालकलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको प्रहरी जनाएको छ।