एनसेल टावरमा बम बिष्फोट,जनमुक्ति सेनाको पर्चा भेटिए

काठमाडौं।सिन्धुलीको कमलामाई नगरपालिकामा-४ रहेको एनसेल टावरमा बम बिष्फोट गराइएको छ।जिल्ला प्रहरी कार्यालय सिन्धुलीका अनुसार गए राति १ बजे कमलामाई नगरपालिका-४ रहेको एनसेलको टावरमा कुकर बम विस्फोट गराइएको हो।

‘बम विस्फोटबाट टावरका विद्युतीय तारलगायतमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका डिएसपी चिरन्जीवी दाहालले जानकारी दिए। उक्त बिष्फोटपछि ‘वैकल्पिक उपायबाट मोबाइल सेवा सञ्चालनमा ल्याइएको छ।

डिएसपी दाहालका अनुसार घटनास्थलमा जनमुक्ति सेनाको पर्चा भेटिएको छ। पर्चामा सुप्रिम कमान्डर परिवर्तन भन्नेले हस्ताक्षर गरेका छन्।