बाँकेमा १० र रुपन्देहीमा दुई जना कोरोना संक्रमितको मृत्यु

सांकेतिक तस्विर

काठमाडौं,बैशाख २४। कोरोना संक्रमणबाट पछिल्लो पटक बाँकेमा १० र रुपन्देहीमा दुई जनाको मृत्यु भएको छ।बाँकेको भेरी अस्पताल र नेपालगञ्ज मेडिकल कलेजमा उपचाररत दश जना संक्रमितको १० जनाको मृत्यु भएको हो ।

 

गएरातिदेखि आज बिहानसम्म दश जनाको मृत्यु भएको बाँके जिल्ला जनस्वास्थ्य कार्यालयका फोकल पर्सन तेज वलीले जनाकारी दिनुभयो ।

 

 

मृत्यु हुनेमा ८ जना बाँकेका तथा बर्दियाका एक पुरुष र कैलालीकी एक महिला छन् । योसँगै बाँकेमा कोरोनाबाट ज्यान गुमाउनेको संख्या १६९ पुगेको छ। बाँकेमा बाहिरी जिल्लाबाट उपचारमा आएका १३० जनाको मृत्यु भएको छ ।

 

 

यस्तै रुपन्देहीमा थप दुईजना कोरोना संक्रमितको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालको इमर्जेन्सीमा उपचार गराइरहेका बुटवल–११ की ४६ वर्षीया महिला र सैनामैना ९ की ७२ वर्षिया महिलाको मृत्यु भएको हो ।

 

 

पछिल्लो २४ घण्टामा रुपन्देहीमा ९ जनाको मृत्यु भएको स्वास्थ्य कार्यालय रुपन्देहीले जनाएको छ । हालसम्म रुपन्देहीमा कोरोना संक्रमणबाट २ सय ४२ जनाको मृत्यु भएको छ । जिल्लामा ५ हजार ४ सय ८९जना सक्रिय संक्रमित छन् ।