प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद बैठक

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद्को बैठक बोलाएका छन्। बैठक आज बिहान ११ बजे सिंहदरवारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्ने छ।

बैठकमा मन्त्रालयका नियमित प्रस्तावहरूसँगै समसामयिक विषयवस्तु, सरकारका नीति तथा कार्यक्रम कार्यान्वयन र अन्य महत्त्वपूर्ण निर्णयहरूका विषयमा छलफल हुने जनाइएको छ।