६ महिनामा ३६ सय ९८ बालबालिका हराए, २ जनाको मृत्यु

काठमाडौं। आर्थिक वर्ष २०८१/८२ को छ महिनाको अवधिमा ३ हजार ६ सय ९८ बालबालिका हराएका छन्।

नेपाल प्रहरीको तथ्यांक अनुसार यो अवधिमा हराएका बालबालिकामध्ये ३ हजार १ सय ६ जना फेला परेका छन्। प्रहरीको केन्द्रीय कार्यालयले सार्वजनिक गरेको तथ्यांकमा सबैभन्दा धेरै मधेशमा बालबालिका हराउने गरेका छन्। मधेशमा ६४५ बालिका र १२१ बालक हराएका छन्। ती मध्ये अझै २ सय ३९ बालबालिका अझै भेटिएका छैनन्।

हराएका मध्ये २ जनाको मृत्यु भएको प्रहरीले जनाएको छ। सात प्रदेश र काठमाडौं उपत्यका गरी ५९० बालबालिका अझै नभेटिएको प्रहरीले जनाएको छ।

यस्तो छ प्रहरीको तथ्यांक