सहारा सहकारी ठगी प्रकरण: रवि लामिछानेलाई हिरासत पठाइयो
काठमाडौं। रास्वपा सभापति रवि लामिछानेलाई जिल्ला अदालत चितवनले हिरासतमा पठाएको छ। साहारा बचत सहकारीको थुनछेक बहस नसकिएको भन्दै उनलाई हिरासतमा पठाइएको हो।
चितवन जिल्ला अदालतका न्यायाधीश दयाराम ढकालको इजलासले उनलाई भोलि (बिहीबार)१० बजे अदालतमा उपस्थित हुनेगरी न्यायिक हिरासतमा पठाउने आदेश गरेको हो।
जाहेरवाला र प्रतिवालीको तर्फबाट बहस र थुनछेक गर्नका लागि भोलि उपस्थित हुनेगरी रविलाई प्रहरीको जिम्मा लगाइएको हो।
साहारा चितवन सहकारी ठगी प्रकरणमा रविसहित १५ जना प्रतिवादीको आजबाट बयान सुरु भएको थियो । बयान सकिएसँगै आजैबाट थुनछेक बहस पनि सुरु गरिएको थियो।
बुधबार सरकारी वकिलको तर्फबाट जिल्ला न्यायाधिवक्ता रवि न्यौपाने र सहकाय न्यायाधिवक्ताहरू अमृत सुवेदी, बुद्ध बहादुर थापासहित ३ जनाको बहस सकिएको छ।
सहकारी पीडितको तर्फबाट बुधबार रमेश काफ्लेले मात्रै बहस गर्न भ्याए । अन्यको बहस भोलि खदालत खुलेपछि सुरु हुने बताइएको छ।
