खानेपानी मन्त्रीको कार्यकक्षमा लागेको आगलागी नियन्त्रण

काठमाडौं । सिंहदरबारस्थित खानेपानी तथा सरसफाइ मन्त्रालयमा लागेको आगो नियन्त्रणमा आएको छ । सिंहदरबार सुरक्षा गणका प्रमुख, प्रहरी नायब उपरीक्षक दिनेश घिमिरेले बारुणयन्त्रको सहायताले आगलागी नियन्त्रणमा लिइएको बताएका हुन् ।
आज बिहान पौने ८ बजे खानेपानी तथा सरसफाइ मन्त्रालयको चौथो तलामा आगलागी भएको थियो । उक्त तलामा खानेपानी तथा सरसफाइमन्त्रीको कार्यकक्ष रहेको छ । तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण आइसकेको छैन ।
उक्त मन्त्रालयको भवनभित्र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयसमेत रहेको छ। आगलागी के कारण भयो भन्नेबारे खुलेको छैन।
