प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक र ओलीलाई बनाउँदा कसरी अप्राकृतिक :महामन्त्री शर्मा
काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले वर्तमान सरकार गठनका सन्दर्भमा माओवादी अध्यक्ष प्रचण्डले आवेगात्मक अभिव्यक्ति दिएको बताएका छन् ।
आइतबार बसेको प्रतिनिधिसभाको विशेष समयमा शर्माले वर्तमान सरकार अप्राकृतिक भन्ने प्रचण्डको अभिव्यक्ति आवेगात्मक अभिव्यक्ति भएको बताएका हुन् ।
उनले कांग्रेसले प्रचण्डलाई प्रधानमन्त्री बनाउँदा प्राकृतिक हुने र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई बनाउँदा कसरी अप्राकृतिक भयो भन्दै प्रश्न गरे।
उनले कांग्रेसले अध्यादेशको विषयका आधारमा धारणा बनाउने गरेको भन्दै यसअघि प्रतिपक्षीमा हुँदा पनि अध्यादेशलाई सघाएको स्मरण गरे । उनले सामाजिक सञ्जालसम्बन्धी विधेयकलाई छलफलबाट मात्रै अघि बढाउन सुझाव दिए।
त्यस्तै शर्माले भ्रष्टाचार, शिक्षा, अख्तियार, कर्मचारी विधेयक अहिलेको संसद्बाट टुंग्याएर अघि बढ्नुपर्नेमा जोड दिए ।
