सूर्यज्योति लाइफको अनौठो ठगी: प्राधिकरण र अदालतले दिएको आदेश नै मान्दैन,बीमा दाबी गर्नेलाई नै दिन्छ दुःख

काठमाडाैं। बीमा कम्पनीहरूकाे आफ्नै बदमासीले बीमितहरूकाे पैसा डुब्ने खतरा बढ्दै गएकाे छ। सर्बसाधारणले दु:खकाे बेला काम लाग्ने उद्देश्यले बीमा गरेपनी अहिले दु:ख परेकाे बेला झन् दु:ख दिने गरेकाे बीमितहरूले बताउने गरेका छन्। सहकारीहरू डुबेजस्तै सूर्यज्योति लाइफ इन्स्योरेन्स डुब्ने खतरा बढ्दै गएकाे छ। सूर्यज्योतिमा पोलिसी सरेन्डर गर्ने बीमितहरू ह्वात्तै बढ्दै गएका छन्।

 के तपाइ सूर्यज्याेतिमा बीमा गर्दैहुनुहुन्छ पहिला बिमितले भोगेको पीडाहरूकाे महसुस गर्नुहोस्,र दश पटक साेचेर मात्र बीमा गर्नुहाेस्। बीमा गर्नु भन्दा पहिले बीमा प्राधिकरण र अदालत धाउने समय र खर्चकाे व्यवस्था गर्नुहाेला अनि मात्र सूर्यज्याेतिमा लाइफमा बीमा गर्नुहाेस्।  

 अहिले सूर्यज्याेति कम्पनीमा नयाँ बिजनेस नआउने र भएका पाेलिसी भकाभक सरेन्डर हुन थालेपछि कम्पनी नै डुब्ने पक्का पक्की जस्तै देखिएकाे छ।

चालू आर्थिक बर्षकाे पछिल्लो पाँच महिनामा साउनदेखि मंसिर मसान्तसम्म मात्रै सूर्यज्याेति लाइफ इन्स्योरेन्समा २ हजार ४ सय ८८ वटा बीमा पाेलिसी सरेन्डर भएको पाइएका छन्।

जुन पाेलिसी सरेन्डर मार्फत कम्पनीबाट ३२ कराेड ६४ लाख रूपैयाँ बाहिरिएको छ। त्यसयता पनि सूर्यज्याेति लाइफमा बीमा पाेलिसी सरेन्डर गर्नेहरू बढेका छन्।

पछिल्लो केही महिना यता कम्पनीमा पाेलिसी सरेन्डर गर्नेहरू बढेपछि कम्पनीका कार्यकारी निर्देशक खत्री तनावग्रस्त रहेको बुझिएको छ।

कम्पनीका एक उच्च अधिकारीले नाम उल्लेख नगर्ने सर्तमा भने नयाँ बिजनेस आउने क्रम एकदमै कम हुँदै गएको र भएका पाेलिसी सरेन्डर हुने क्रम बढेको र नयाँ बिजनेस नआउने स्थितिले कम्पनी संकटमा पुग्ने अवस्थ बढ्दै गएको बताए।

त्यस्तै सूर्यज्याेती लाइफ इन्स्योरेन्सकाे वित्तीय अवस्था पनि खासै सन्तोषजनक देखिएको छैन। त्यसैमाथि कम्पनीमा व्यथिति र विकृतिका चाङ बढ्दै जानुलेपनि संकट निम्तिने खतरा झनै बढेर गएको देखिन्छ।

अझ भन्ने हाे भने याेग्यता र अनुभव नै नपुगेका व्यक्तिलाई जागिर दिएर कम्पनीले संस्थागत सुशासनकाे धज्जी नै उडाएको देखिन्छ।

त्यस्तै कम्पनीले बीमितलाई दिएका दुखका कुरा त कति हुन कति कुनै हिसाब किताब नै छैन। बीमितले बीमा गरेपछि आफुले पाउनुपर्ने दाबी भुक्तानीका लागि बिमितले भए भरकाे दु:ख पाउने गरेका छन्।

बीमा प्राधिकरणदेखि अदालतसम्म धाउने तर जतिसक्दो छिटो न्याय नपाउनुले पनि पीडित थप पीडित बन्दै गएको देखिन्छ। यी विषयमा सम्बन्धित निकायले ध्यान नदिदा बिमितहरू थप पीडा जेल्न बाध्य देखिएका छन्।

यसरी सूर्यज्याेतिमा बीमा गराउनु भन्दा नगर्नु फाइदा देखेपछि अहिले पाेलिसी सरेन्डर गर्नेहरू ह्वात्तै बढ्दै गएको देखिन्छ। आफुले पाउनुपर्ने रकम पाउन पनि कहिले प्राधिकरण त कहिले अदालतसम्म पुग्नुपरेपछि कम्पनीबाट पीडित बनेका अंगद खड्काले त सूर्यज्याेति लाइफ इन्स्योरेन्सलाई ठग कम्पनीको उपाधि नै दिएका छन्।

उनी एकजना त उदाहरणकाे पात्र मात्र हुन यस्ता कैयू पीडितहरू अझै पीडा झेल्दै बसेका छन्। कम्पनीमा पाेलिसी सरेन्डर गर्नेहरू बढेपछि र संस्थागत सुशासनसँगै वित्तीय अवस्था पनि कमजोर हुँदै गएपछि सूर्यज्याेति लाइफ इन्स्योरेन्स पनि सहकारीहरू जस्तै डुब्ने खतरा बढ्दै गएको आकलन गर्न थालिएको छ।

त्यस्तै कम्पनीले पछिल्लो समय संकट बढ्दै गएपछि बीमितहरूकाे सुविधाको लागि खाेलिएका शाखा कार्यलयहरू मर्ज गर्ने अभियान नै चलाएको देखिन्छ।

कम्पनीले त एक सार्वजनिक सूचना नै जारी गरेर विभिन्न शाखाहरू मर्ज गर्ने चटारो नै देखिएको छ। बिमितलाई सुविधा दिन थप शाखा विस्तार गर्नुपर्नेमा मर्ज तिर कम्पनी गएपछि अवस्था कस्तो सम्म पुगेको रहेछ भन्ने कुरा सहजै पत्ता लगाउन सकिन्छ।

र यसबाट थाहा हुन्छ कि कम्पनीले खतराकाे घण्टी आफै बजाउन सुरू गरिसकेको छ, र कम्पनीले नयाँ बिजनेस पाइरहेको छैन भन्ने यी र यस्तै कुराले पुष्टि गरिरहेकाे देखिन्छ। 

बीमितका दु:खका कुरा गर्ने हाे भने त कति छन् कति, सर्यज्याेति लाइफले कति दिन बीमितलाइ दु:ख दिन सक्ला र, एकदिन त पक्कै पापकाे घैटाे फुट्ने दिन आउने नै छ। एक दुइ किस्ता तिरेर सरेन्डर गर्छु भन्ने बीमितका कुरा गर्ने हाे भने त सयाैं जनाले दु:ख पाएका छन्। न उनिहरूले तिरेकाे पैसा फिर्ता पाएका छन्, न दु:ख नै कम छ। एकछाक खान मुस्किल भएका गरिब जनतालाइ बीमाकाे बारे राम्राेसँग शिक्षा दिन नसक्दा  बीमा कम्पनीबाट गएका अभिकर्ता अथवा दलालहरूले आकाशकाे फल टिपेर खाने सपना देखाएर गरिब घरपरिलाइ ठगी गरिरहेका छन्।

नियमायक निकाय नेपाल बीमा प्रधारिकरणले पनि गैर जिम्मेवार भएर पन्छिने बाहेक अहरू कुनै काम गरेकाे देखिदैन। र प्राधिकरणले गरिब जनता ठगीमा परेकाे भन्ने सूचना पाउदा समेत कुनै चासाे र चिन्ता नदेखाउने गरेकाे स्यंम पीडितहरूले बताउने गरेका छन्। त्यसैले अब ठगी गर्ने बीमा कम्पनीहरूलाइ कारबाहीकाे दाहेरामा ल्याउन जरूरी देखिएकाे छ।