सुनसहित नागढुंगाबाट समातिए २ भारतीय नागरिक
काठमाडौं । प्रहरीले सुनसहित दुई भारतीय नागरिकलाई नागढुंगाबाट पक्राउ गरेको छ । काँकडभिट्टाबाट आउँदै गरेको बा। प्र ०१–००२ ख ०५४२ नम्बरको यात्रुबहाक बस चेकजाँचका क्रममा प्रहरीले ३१८ ग्राम सुनसहित दुई जनालाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेहरूमा भारत महाराष्ट्रका २७ वर्षीय महेश अम्रृत मानी र सोही ठाउँका २४ वर्षीय राहुल खडु सरकला रहेको जिल्ला प्रहरी परिसर काठमाडौंका एसपी अपिलराज बोहोराले जानकारी दिए ।

