५ वर्षसम्म फैसला नभएको माधव-बाबुरामविरुद्धको मुद्दामा आज सुनुवाइ हुँदै

काठमाडौं । बालुवाटारस्थित ललिता निवास प्रकरणका तत्कालीन प्रधानमन्त्री माधव नेपाल र बाबुराम भट्टराईविरुद्ध परेको मुद्दामा आज सुनुवाइ हुँदैछ ।

२०७६ माघमा वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले बालुवाटारस्थित ललिता निवासको जग्गा व्यक्तिको नाममा लैजाने दूषित निर्णय गर्ने तत्कापलन प्रधानमन्त्री नेपाल र बाबुरामलाई अख्तियारले उन्मुक्ति दिएको भन्दै उनीहरुमाथि पनि मुद्दा चलाउन माग गर्दै सर्वोच्चमा रिट दिएका थिए।

विगत ५ वर्षमा १३ पटक सुनुवाइका लागि पेशी तोकिए पनि यो मुद्दा टुंगो लागेको छैन । आज फेरि न्यायाधीश तिलप्रसाद श्रेष्ठ र नित्यानन्द पाण्डेको संयुक्त इजलासमा सुनुवाइका लागि पेशी चढेको हो। यो रिटलाई सर्बोच्चले अग्राधिकार समेत दिएको छ।

मन्त्रिपरिषदले गरेको निर्णयमा प्रधानमन्त्रीलाई उन्मुक्ति दिन नमिल्ने भन्दै वरिष्ठ अधिवक्ता बालकृष्ण न्यौपानेले सर्वोच्च अदालतमा रिट दायर गरेका थिए ।