ओलीको युवा रिझाउने रणनीति फेल हुँदै,कार्यकर्ताको हर्कतले एमाले पार्टी बदनाम बन्दै

काठमाडौं। नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको युवा रिझाउने रणनीति फेल हुँदै गएको छ। एमाले कार्यकर्ताको हर्कतले एमाले पार्टी बदनाम बन्दै हुँदैगएको देखिएको छ।

ब्राण्ड कायम राख्ने अनेक हत्कण्डा गरिरहेका प्रधानमन्त्री केपी शर्मा ओलीलाई आफ्नै मान्छे भारी परिरहेका छन् । यसैको उदाहरण दशरथ रंगशालामा एमाले कार्यकर्ताको लात्ती प्रकरण बन्दा केपी ओली कपकै रौनक धुमिल बनेको छ ।

मिति २०८१ साल फागुन १९ गते साँझ । अवसर थियो केपी ओली कप फुटबल प्रतियोगिताको फाइनल खेल । त्यही कार्यक्रममा एमाले कार्यकर्ताले दर्शकलाई घोक्राउँदै लात्ती हानेको भिडियो अहिले भाइरल छ।

नेताका नाममा राज्यको पहँुच प्रयोग गर्ने तथा प्रतिष्ठानदेखि खेलकुदसम्म गर्ने कार्यनौलो नहुँदा केपी ओली कप खासै चर्चामा थिएन। कतिपयले राजनीतिक दृष्टिबाट यसलाई हेर्दा यो ओलीको प्रचार र विज्ञापनमा अब्बल सावित हुँदै आएको छ।

जहाँ विश्वकप जितेका इटालियन गोलकिपर जियानलुइजी बुफोनको उपस्थितिदेखि कुमः सागर जस्ता चर्चित कलाकारको प्रस्तुतिले फाइनल खेलको तामझामले आकाश छोएको थियो।

तर रंगशालामा फाइनल खेल चलिरहेको अवस्थामा प्रधानमन्त्री ओलीविरुद्ध केही युवाले नाराबाजी गरे भने ‘बा’ का कार्यकर्तालेत्यसको कानुनी उपचार खोज्न भन्दा बाहुबली रुप देखाएपछि अहिले फाइनल खेलभन्दा यसैको चर्चा छ। अर्थात यतिका मेहनतले कायम गरेको चर्चा ओलीको ब्राण्डिङभन्दा अंरिकाल प्रवृत्तिको यर्थाथता बाहिर ल्याउने माध्यम बनेको छ।

पछिल्लो अवस्था हेर्दा प्रधानमन्त्री ओली अहिले सत्तामै रहेर पनि आफूलाई स्थापित गराउन सकिरहेका छैनन्। नाकाबन्दीका बेला देखाएको अडान र चुच्चे नक्साका कारण राजनीतिक आरोहण गरेका उनलाई दुईतिहाइको सुविधा र सरकारको बलियो धरातलअवसरका रुपमा छ। तर सोचे अनुसार काम गर्न नसकेको तथा यसअघिका विभिन्न घटनाक्रमले उनको राष्ट्रवाद छताछुल्ल हुँदाउनलाई पुनः ब्राण्डिङको आवश्यकता छ।

जहाँ बालेन्द्र शाहदेखि रवि लामिछानेसँगको भिडन्त तथा हर्क साम्पाङलाई गरेको बेवस्ताले पनि उनी अर्को सकसमा छन् । फलतः यसको परिपूर्ती गर्न विभिन्न आधार खोजेका उनी कहिले ¥यापर भेट्छन् भने कहिले टिकटकर भेट्छन्।

त्यस्तै फेसबुक पेजदेखि टिकटकसम्म भिडियो हाल्ने र बेवसाइट नै चलाउनेसम्मका कामले उनलाई नागरिकसँग जोड्नलाई प्रयोग भइरहेको छ। अझ रोचक त सचिवालयले नै चर्चित व्यक्तिहरुसँग भेट्नेकुरालाई प्राथमिकता दिँदाकहिलेकेकी अधिकारीले गरिदिएको चर्चा र कहिलेप्रकाश सपुतले खर्चिदिएको शब्दमा रमाउनुपर्ने अवस्थामा ओली छन्।

यतिमात्र नभएर एमालेले ग्रासरुटदेखि मध्यपहाडी राजमार्ग केन्द्रित यात्रासमेत गरिसकेको छ । तर न त यसको प्रतिफल स्थानीय तहको उपनिर्वाचनमै देखियो न त यसका एजेण्डाले स्थान नै पाए।

बरु पूर्वमा ओलीले झापड भेट्दा केबलकारमा व्यापारी मोहले उनको हालत अझै उदाङगो भइरहेका छन् । प्रहरी कुट्ने विद्यार्थीलाईछुटाउनेदेखि सहकारीमै समेत रविलाई चेप्ने र आफ्नालाई छोड्नेसम्मका उनको कदमले उनी आलोचना भोगिरहेका छन्।

त्यस्तै दुई तिहाइको सरकारको प्राथमिकता के भनेर अर्को प्रश्नको सामना गर्न ओली बाध्य छन् । जसले ‘आफू ताक्छु, मुढो बन्चरो ताक्छ घुँडो’को अवस्था उनले भोगिरहेका छन् ।

हुन त नयाँ भनिएकाहरुको सिको गर्ने अक्कलसमेत उनीहरुमा छैन। न त सरकारमा बसेर काम गर्न नै उनले सकेका छन् । बरु प्रचण्डले सुशासनका कारण आफ्नो सरकार ढलेको भन्ने मुद्दा पाउँदा कांग्रेसलाई बेवास्ता गर्ने अवस्था छैन।

यसले कतिपय अवस्थामा फाइदा कांग्रेसलाई र बद्नामी एमालेलाई हुने अवस्थासमेत बनिरहेको छ। त्यसमा पनि छाडा र नक्कल गर्ने अक्कल समेत नभएका कार्यकर्ता उनका हरेक प्रयासमा पानी खन्याइरहेका छन्।

जसले नयाँ शक्तिर नागरिकमाथि रिस पोख्नभन्दा आफ्ना अरिगांललाई अनुशासित बनाउन शिक्षा दिनु नै एमालेका लागि बढी आवश्यक रहेको प्रष्ट हुँदै गएको छ।