तेल काण्डले डीएसपी वाइवाको जिम्मेवारी खोसियो

काठमाडौं । इलाका प्रहरी कार्यालय सिमरा, बारामा कार्यरत डीएसपी शुभद्रा वाइवाको जिम्मेवारी खोसिएको छ। जिम्मेवारी सम्हालेको पाँच महिनामै ड्युटीमा परिचालित हुने सवारी साधनका निम्ति हालिने तेलको कुपनका विषयमा उनीविरुद्ध उजुरी परेपछि वाइवालाई छानविनका लागि प्रहरी हेडक्वार्टर तानिएको हो।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी रमेश थापाले केही विषयमा छानबिन गर्नुपर्ने भएकाले उनलाई प्रधान कार्यालय झिकाइएको जानकारी दिए।

जितपुर सिमरा उपमहानगरपालिकाले तोल थोरै दिएको भन्दै प्रशासकीय अधिकृत शान्तिराज प्रसाईंकोा अगाडी नै कुपन च्यातेपछि डीएसपीले ज्यादती गरेको भन्दै उपमहानगरले सीडिओ कार्यालय बारा हुँदै हेडक्वार्टरमा उजुरी गरेको थियो।

सोही विषयमा छानबिनका लागि उनलाई प्रहरी हेडक्वाार्टरले बोलाएको स्रोतले जानकारी दियो। उनको ठाउँमा अर्का डीएसपी बेद जोशी आजै त्यहाँ हाजिर हुँदैछन्।