सुनको मूल्य बढ्यो,कतिमा हुँदैछ कारोबार ?

काठमाडौं। नेपाली बजारमा सुनको मूल्यमा सामान्य वृद्धि भएको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबार सुनको मूल्य तोलामा पाँच सय रुपैयाँले वृद्धि भएको जनाएको छ।

महासंघका अनुसार बिहीबार छापावाल सुन प्रतितोला एक लाख ९३ हजार सात सय रुपैयाँमा कारोबार भइरहेको छ। बुधबार प्रतितोला एक लाख ९३ हजार दुई सय रुपैयाँमा कारोबार भएको थियो।

यता, चाँदीको मूल्य भने स्थिर रहेको छ। बिहीबार चाँदी प्रतितोला दुई हजार ७५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।