काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटना

काठमाडौं। काठमाडौंबाट चितवन जाँदै गरेको माइक्रोबस नागढुंगामा दुर्घटनाग्रस्त भएको छ । बा ३ ख ८६२९ नम्बरको उक्त माइक्रोबसमा १९ जना यात्रु सवार थिए।

जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी अपील राज बोहराका अनुसार, दुर्घटनामा घाइते सबै यात्रुको उद्धार गरी सशस्त्र प्रहरी अस्पतालमा उपचारका लागि पठाइएको छ । घाइतेमध्ये दुई जनाको अवस्था गम्भीर रहेको छ। दुर्घटनाको थप विवरण आउन बाँकी छ।