टी-२० अन्तर्राष्ट्रिय सिरिज: आज नेदरल्याण्ड्ससँग खेल्दै नेपाल

काठमाडौं।त्रिकोणात्मक टी–२० सिरिज अन्तरगत नेपालले आज नेदरल्याण्ड्ससँग दोस्रो खेल खेल्दैछ।

नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्डसँग सुपर ओभरमा पराजित भएको थियो।

निकै रोमाञ्चक खेलमा नेपाल तेस्रो सुपर ओभरमा पराजित हुन पुग्यो। खेल आज नेपाली समय अनुसार पौने ८ बजे स्कटल्याण्डको ग्लास्कोमा सुरु हुनेछ। नेपालले घरेलु टोली स्कटल्याण्डलाई लोस्कोरिङ गेममा २ विकेटले हराएको छ।

जारी प्रतियोगितामा गएराति नेदरल्याण्डले स्कटल्याण्डलाई १९ रनले हराउँदै तालिकाको शीर्ष स्थानमा छ।

नेपाल र स्कटल्याण्डले भने एक एक खेल जितेका छन्। नेपाल २ अंकका साथ तेस्रो स्थानमा हुँदा समान अंकका साथ स्कटल्याण्ड दोस्रो स्थानमा छ।

नेपालले भोलि घरेलु टोलीसँग प्रतियोगिताको अन्तिम खेल खेल्नेछ।