देश बिग्रिएको नभई जुरुक्कै उठेको छ: पर्यटनमन्त्री पाण्डे
काठमाडौं। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले देश समृद्ध बन्दै गरेको बताएका छन्। बिहीवार काठमाडौँमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्।
उनले देश बिग्रिएको नभई जुरुक्कै उठेको बताए। भूकम्पमा ढलेका संरचना बनेका, कोभिडका कारण शिथिल भएको अर्थतन्त्र चलायमान बन्दै गएको बताए।
नेपाल कुनै भोकमरी, गृहयुद्धमा नरहेको र समृद्धिको बाटोमा अग्रसर रहेको बताए। देश आफैँले बनाउनुपर्ने भन्दै देश बनाउने र समृद्धिको बाटोमा लैजाने काम आफूहरूकै भएको बताए।
देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने मात्रै पनि समृद्ध राष्ट्रको रूपमा अघि बढ्न सकिने बताए।
मन्त्री पाण्डेले भने, ‘हामी कुनै भोकमरी, गृहयुद्ध भोगिरहेका छैनौँ। छेउछाउका हुन् वा टाढाका हुन् हाम्रा कोही पनि शत्रु छैनन्। हामी हाम्रो देश उठाउँछौँ, अघि बढाउँछौँ, समृद्धिको बाटोमा जान्छौँ। यो देशको भविष्य छ।
यो देशमा भएको सम्पदा र पुँजीलाई सदुपयोग गर्नसक्ने हो भने हामी समृद्ध राष्ट्रको रूपमा अघि बढ्नसक्छौँ।मन्त्री पाण्डेले संस्कृतिको रक्षा, प्रवर्धन गर्न धेरै ठूलो मेहनत जरुरी रहेको बताए।
