कैलालीमा १६ दिने सुत्केरी घर नजिकै मृत भेटिइन्

काठमाडौं। कैलालीमा एक सुत्केरी महिला मृत भेटिएकी छन्। आज बिहान गौरीगंगा नगरपालिका–७ कैलाशपुरकी १९ वर्षीया तुलसी नाथ मृत अवस्थामा भेटिएकी हुन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले तुलसी नाथ घरको मूल गेट अगाडिको नालामा मृत भेटिएको जानकारी दिए। उनी १६ दिने सुत्केरी हुन्।
उनको १६ दिनको छोरा भने सामान्य अवस्थामै भेटिएको र घटनाबारे अनुसन्धान भइरहेको डीएसपी सिंहले जानकारी दिए।
