बाफलको मेडल र स्टिकर गोदाममा आगलागी

काठमाडौं । नागार्जुन नगरपालिका–३ बाफलस्थित मेडल तथा स्टिकर गोदाममा आगलागी भएको छ। राजेन्द्र उदासले सञ्चालन गरेको गोदाममा आज बिहान करिब साढे ३ बजेतिर आगलागी भएको हो। आगलागी साढे एक घण्टापछि नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेना र दमकलको सहयोगमा नियन्त्रणमा लिइएको हो।
आगो निभाउन बालाजु दमकल र जुद्द बारुण यन्त्रसहित सशस्त्र प्रहरी बलको १८ नम्बर गण निलबाराहीबाट इन्स्पेक्टर नीरकुमार कार्कीको कमान्डमा ३५ जनाको टोली खटिएको सशस्त्र प्रहरीले जनाएको छ।
