रिहा भएलगत्तै पक्राउ परिन् अमला रोका

काठमाडौं । बुहचर्चित सुन तस्करी प्रकरणमा धरौटीमा रिहा गरेलगत्तै अमला रोकालाई प्रहरीले प्रकाउ गरेको छ। काठमाडौं जिल्ला अदालतले रोकालाई सोमबार दुई लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो।

तर, रोकालाई सम्पत्ति शुद्धिकरण विभागबाट पनि पत्र आएकाले पक्राउ गरिएको नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले जनाएको छ । सीआइबीका प्रवक्ता एवं एसपी युवराज खड्काले रोकालाई सम्पत्ति शुद्धिकरणबाट पत्र आएकोले पक्राउ गरिएको बताए ।

६१ किलो सुन तस्करी प्रकरणमा सीआईबीले गत शुक्रबार रोकालाई काठमाडौंको टोखाबाट पक्राउ गरेको थियो। उनी सुनकान्डमा मुछिएका बेल्जियन नागरिक दावा छिरिङका श्रीमतीसमेत हुन् । ठमेलस्थित होटेल भियना उनको नाममा दर्ता छ ।