चितवन राइनोजले ६ खेलाडीलाई गर्‍यो रिटेन

काठमाडौं। नेपाल प्रिमियर लिग (एनपिएल)को दोस्रो सिजनका लागि चितवन राइनोजले ६ खेलाडीलाई रिटेन गरेको छ। चितवनले आज एक विज्ञप्ती जारी गर्दै रिटेन र रिलिज खेलाडीको सची सार्वजनिक गरेको हो।

चितवनले आफ्ना मार्की खेलाडी तथा कप्तान समेत रहेका कुशल मल्ललाई रिटेनको पहिलो नम्बरमा राखेको छ। चितवनले रिटेन गरेको अन्य खेलाडीमा रिजन ढकाल, कमलसिंह ऐरी, दीपक बोहरा, अमरसिंह रौटेला र गौतम केसी रहेका छन्।

चितवनले अनुभवी खेलाडी शरद भेषवाकर लगायत ६ खेलाडीलाई रिलिज गरेको छ। दिपेश श्रेष्ठ, बिपिन रावल, सन्तोष कार्की,रञ्जित कुमार र सलाउद्दिन खानलाई रिलिज गरेको छ।