कैलालीमा ८० वर्षीय मामा मृत भेटिए, भान्जा पक्राउ
काठमाडौं। कैलालीको लम्कीचुहामा एक बृद्ध मृत अवस्थामा भेटिएका छन्। लम्कीचुहा नगरपालिका–१ का ८० वर्षीय नयाँराम जैशी बुधबार साँझ भान्जा नाता पर्ने ५५ वर्षीय बर्मा भण्डारीको आगनमा लडेको अवस्थामा मृत फेला परेका हुन्।
यस घटनाको अनुसन्धान गर्न प्रहरीले भान्जालाई नियन्त्रणमा लिएको छ। प्रहरीका अनुसार मृतकको शरीरमा बाहिरी चोटपटक भने देखिएको छैन।
तर, मामा र भान्जाबीच आर्थिक लेनदेनको कुरा जोडिएकाले अनुसन्धानका लागि भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी राजकुमार सिंहले जैशीले जानकारी दिए। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।
