चारवटा संसदीय समितिको बैठक आज बस्दै
काठमाडौं। संघीय सांसदअन्तर्गत आज चारवटा संसदीय समितिको बैठक बस्दै छ । जसअन्तर्गत आज बिहान ९ बजे विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । बैठकमा भन्सार विधेयक, २०८० माथि दफावार छलफल हुनेछ ।
बिहान ११: ३० बजे शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बस्दैछ । बैठकमा विद्यालय शिक्षा विधेयक उपसमितिको प्रतिवेदन माथि छलफल गर्ने कार्यसूची छ ।
बिहान ११ः३० बजे संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक बस्दैछ । बैठकमा आर्थिक वर्ष २०८२÷०८३ को बजेट वक्तव्यमा उल्लेखित कालिगण्डकी तिनाउ नदी पथान्तरण आयोजनाको अवस्था सम्बन्धमा छलफल हुनेछ ।
बिहान ११ बजे संसदीय सुनुवाइ समिति ९संयुक्त० को बैठक बस्दैछ । बैठकमा उजुरीकर्तासँग छलफल गर्ने कार्यसूची रहेको छ ।
