जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु
काठमाडौं । जाजरकोटमा एम्बुलेन्स दुर्घटना हुँदा चालकको मृत्यु भएको छ । भेरी नगरपालिका– १ कोल्चौर नजिकै कल्ले खोलामा गएराति १ बजे एम्बुलेन्स दुर्घटना हुँदा २७ वर्षीय सुनिल चनाराको घटनास्थलमै मृत्यु भएको हो ।
खलङ्गाबाट भेरी नगरपालिका–१ कै डौँरीकाँडा बिरामी लिन जाँदै गरेको भे १ च २२४७ नम्बरको एम्बुलेन्स भत्तामा ठोक्किएर दुर्घटना हुँदा चालकको मृत्यु भएको अस्थायी प्रहरी पोष्ट होलुखोलाका प्रहरी नायब निरीक्षक बीरबहादुर थापाले जानकारी दिए ।
शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल पठाउने तयारी भइरहेको प्रहरीले जनाएको छ ।
