एकीकृत समाजवादीले नेता-कार्यकर्तालाई जथाभावी अभिव्यक्ति नदिन निर्देशन
काठमाडौं।नेकपा एकीकृत समाजवादीले पार्टीको विधि र पद्धतिविपरीत टीकाटिप्पणी नगर्न नेता तथा कार्यकर्तालाई निर्देशन दिएको छ।
पार्टी अनुशासन उल्लङ्घन हुने गरी अभिव्यक्ति नदिन तथा सामाजिक सञ्जालमा पोष्ट समेत नगर्न पार्टीले आज सो निर्देशन दिएको हो। केन्द्रीय अनुशासन आयोगका अध्यक्ष शिवबहादुर देउजाले पार्टीलाई आँच पुग्ने गरी अभिव्यक्ति नदिन र सामाजिक सञ्जालमा नलेख्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आग्रह गरेको जानकारी दिए।
‘पार्टी केन्द्रीय नेताहरूको कार्यविभाजन भइसकेको अवस्थामा पार्टीका धारणा र निर्णयहरूप्रति आफ्ना सुझाव, टिप्पणी वा फरकमतलाई आफू सङ्गठित कमिटीको बैठकमा राख्न म आग्रह गर्दछु,उनले भने।
केही दिनअघि सम्मानित नेता झलनाथ खनालले नेकपा एमालेबाट छुट्टिनु गलत थियो भन्ने प्रतिक्रिया दिएपछि अध्यक्ष माधवकुमार नेपाल उनीसँग रुष्ट भएका थिए।
