प्रधानमन्त्री कार्कीले भनिन्: रहरले सत्ताको रसास्वादन गर्न आएको होइन

काठमाडौं। नवनियुक्त प्रधानमन्त्री सुशीला कार्कीले आफू रहरले प्रधानमन्त्री बन्न नआएको बताएकी छन्। आइतबार सिंहदरबार कार्यालयमा पदभार ग्रहणपछि कर्मचारी,सुरक्षाकर्मीलगायतलाई सम्बोधन गर्दै प्रधानमन्त्री कार्कीले आफू परिस्थितिले बाध्य बनाएको स्पष्ट पारेकी हुन्।

प्रधानमन्त्री कार्कीले भ्रष्टाचार नियन्त्रण, सेवा प्रवाहलाई सहज र नयाँ पुस्ताको भावनाअनुसार अघि बढ्नुपर्ने बताइन्। उनले भनिन्,रहरले म आएको होइन, सडक र जताततैबाट जिम्मा लेऊ भनेर सुझाव आयो। म विवश हुनुप¥यो । सत्ताको रसास्वादन गर्न आएको होइन।

जनेजीको २७ घण्टाको आन्दोलनबाट मुलुकमा व्यापक जनधनको क्षति भएको भन्दै सुरक्षा निकाय, प्रहरी बिट,अदालत,सिंहदरबारसमेत आगोले जलेर नष्ट भएको बताउँदै उनले भनिन्,जति पनि रेकर्ड र प्रमाण नष्ट भएर अर्को ठुलो समस्या भयो। भौतिक भवनको क्षति बनाउन सकिन्छ तर रेकर्ड नष्ट हुँदा हामी शून्यमा छौँ ।

प्रधानमन्त्री कार्कीले सुरक्षा वाहनसमेत खरिद नगरी नहुने अवस्थामा रहेको बताउँदै उनले हिंसा र आगजनी अत्यन्त आवश्यक संस्थाहरूमा छानिछानी भएको बताइन्। पछिल्लो दृश्य देखेर लाज लागेको भन्दै उनले नेपाली नै भएर यो काम गर्न नसक्ने बताइन् ।

उनले भनिने,नेपाली नै भएर गरेको हो भने त्यसलाई कसरी नेपाली भन्ने? जनता र नेपाल नै विषम परिस्थितिमा रहेको भन्दै उनले सबै मिलेर निर्माणमा लाग्नुपर्ने बताइन्।

‘यो घटनामा षड्यन्त्र नै भएको हो कि भन्ने लाग्छ। अनुसन्धान हुन्छ। प्रहार र नोक्सान गर्नेहरूलाई छोड्ने अवस्था छैन’ प्रधानमन्त्री कार्कीले भनिन,सबैको छानबिन हुन्छ। उनले सबैलाई कसरी उठाउने भन्नेमा सरकारले सोचिरहेको भन्दै सबैको सहयोगमा आफूले ६ महिनाको अवधिपछि निर्वाचित जनप्रतिनिधिहरूलाई सुम्पने बताइन्।

उनले भनिन्,नयाँ आउने सांसद र मन्त्रीलाई सुम्पने अठोट गरेका छौँ। तर तपाईँहरू र सबैको साथ नभई सम्भव छैन,सहयोग गर्नुस्। जति क्षति भएको छ,आफ्नैतर्फबाट पहल गरेर त्यो पूरा किन नगर्ने ? तराईमा बाँसका भाटा जोडेर कामचलाऊ किन नगर्ने? नेपालीहरूमा क्षमता छ।