७३० राउण्ड गोली सहित आठ जना पक्राउ

काठमाडौं। प्रहरीले ७३० राउण्ड गोली सहित ८ जनालाई पक्राउ गरेको छ। प्रहरी कार्यालयको प्रहरी टोलीले उनीहरूलाई बनेपा नगरपालिका–९ बाट शनिबार राति पक्राउ गरेको हो।

केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार पक्राउ पर्नमा बनेपा ९ का २६ वर्षीय सिजन सुवाल, २८ वर्षीय सुवास गौतम, १८ र १५ वर्षका किशोर, बाराका २० वर्षीय महेश मुखिया, मकवानपुर बकैया गाउँपालिका–६ का २४ वर्षीय सुशान्त लो, तेमाल गाउँपालिका–२ का २१ वर्षीय तिमोथी तामाङ र पनौती नगरपालिका–१० का ३४ वर्षीय अछुत खड्का छन्।

उनीहरूमाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।